७ मंसिर २०८३, सोमबार

मुग्लिङ–आबुखैरनी सडकमा पहिरो, सडक अवरुद्ध

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । अविरल बर्षाका कारण मुग्लिङ–आबुखैरनी सडकमै पहिरो जाँदा सवारी साधन अवरुद्ध भएका छन् ।

विहान ६ बजेदेखि पहिरोका कारण सडकमा अवरोध भएको हो । काठमाडौंलगायत विभिन्न ठाउँको गन्तव्यका लागि हिँडेका नीजि सवारी साधन तथा मालबाहक सवारी सडकमा नै अलपत्र परेका हुन् ।

मस्र्याङ्दी जलविद्युत आयोजनाको कार्यालय नजिक खसेको पहिरोमा कुनै मानवीय तथा धनजनको क्षति भएको विवरणचाहिँ आएको छैन । अहिले सडकको अवरोध हटाउने काम भइरहेको छ ।

पहिरोका कारण सडकमा अलपत्र परेका सवारी साधन