४ कार्तिक २०८३, बुधबार

सोमबार कहाँ कति थपिए कोरोना संक्रमित ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । नेपालमा सोमबार थप ५ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । जसमध्ये ८ सय ९४ जना महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यस्तै, रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

थपिएका संक्रिमतहरुमा मोरङका ४ महिला र ४ पुरुष, सप्तरीका २ जना पुरुष रहेका छन् । उनीहरुको कोशी अस्पतालमा परीक्षण भएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ महिला र एक पुरुष ,मोरङका २ महिला र २ पुरुष रहेका छन् । गजेन्द्र नारायणसिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ११ पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक महिला ९ पुरुष, महोत्तरीका एक पुरुष र सप्तरीका २ पुरुष गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ सय ८३ जनामा कोरोना पुष्टि भएका छन् ।

उनीहरु अछामका २ जना पुरुष अर्घाखाँचीका २ महिला र ७ पुरुष, बैतडीका एक महिला र १३ पुरुष, डडेलधुरामा २ महिला र ५ पुरुष, डोेटीका ४ महिला र ३ पुरुष, गुल्मी एक पुरुष, जाजरकोटका एक पुरुष, कैलालीका एक महिला र ५७ पुरुष, नवलपरासीका एक महिला र ४ पुरुष, सलार्हीका ८ महिला र ३९ पुरुष, सिन्धुपाल्चोकका २ महिला, सिरहाका ४ महिला र १९ पुरुष, स्याङ्जाका एक महिला र १९ पुरुष, पाल्पाका १० पुरुष, प्युठानमा १० महिला र १९पुरुष, रौतहटकका १ महिला र ३३ पुरुष, रुपन्देहीका ३ महिला र ६ पुरुष रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यस्तै, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ पुरुष, नवलपरासी पुर्वका एक महिला र १५ पुरुष गरी जम्मा २१ जनामा कोरोना पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ओखलढुङ्गाका एक पुरुष, गुल्मीका ६ महिला र ३५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एक पुरुष, तनहुँका एक महिला र १० पुरुष गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा नवलपरासी पुर्वका ८ पुरुष, स्याङ्जाका २ महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एक महिला र १३ पुरुष, पाल्पाका १५ महिला र ६५ पुरुष, रुपन्देहीका ३ पुरुष, प्युठानका ६ पुरुष गरी १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठान गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा दाङ्का एक महिला र १२ पुरुषमा रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरे । गत २४ घण्टामा ७४ जना महिला र ४६१ जना पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट २३ जनाको ज्यान गएको छ ।