४ कार्तिक २०८३, बुधबार

फेरि लकडाउन कडा हुने निर्णय भएको छैन : उपप्रधानमन्त्री पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । असार १० गतेपछि फेरि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको उपप्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

उनले फेरि लकडाउन कडा बनाउने कुनै निर्णय नभएकोले त्यस्ता हल्ला निराधार रहेको जनाएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो बनाएका हौँ । संक्रमणबाट जोगिन जनता आफैँ सचेत हुनुपर्ने उनले बताए ।

सरकारले २ सय भन्दा बढी सक्रिय केस देखिएका क्षेत्र एवम जिल्लाहरुमा सिल गर्ने लगायतका कार्य भइरहेको उनले जनाए ।

केही गतिविधिहरुलाई सञ्चालन गर्न दिइए पनि सार्वजनिक यातायातका विषयमा थप केही निर्णय नभएको उनले जनाएका छन् । त्यस्तै, स्कुल, कलेज, सिनेमा, ठूला रेष्टुरेन्ट अझै तत्काल सञ्चालन नहुने पोखरेलले बताएका छन् ।