
काठमाडौँ, ८ असार । प्रदेश २ मा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
१४ जना महिलासहित थप १ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितहरु सर्लाहीका ४७ जना, रौतहटका ३४ जना, सिराहा २३ जना, सप्तरीमा १३ जना, धनुषामा १० जना र महोत्तरीमा १ जना रहेका छन् ।
केन्द्रीय प्रयोगशालासहित तीन वटा ल्याबमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया