४ कार्तिक २०८३, बुधबार

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । दाङमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती पुन, छोरा तथा नातिहरु बिरामी परेका राप्ती प्रादेशिक अस्पतालले जनाएको छ ।

उनीहरु आइतबार राती च्याउ खाएर सुतेका थिए । सोमबार विहान बिरामी भएपछि अस्पताल लगिएको थियो ।