
काठमाडौं, ८ असार । सक्रिय मनसुनका कारण भएको देशैभरको बर्षा अझै दुई दिन सम्म हुने मौसमविदले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन सक्रिय छ । पर्सीसम्म बर्षा जारी रहनेछ ।
काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा बर्षा जारी हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।











प्रतिक्रिया