७ मंसिर २०८३, सोमबार

काेराेना देखिएपछि बन्द रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा शुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार सेवा शुरु भएको छ ।

अस्पतालका निर्देशक सहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानमा अस्ति शनिबारदेखि उपचार बन्द गरिएको थियो ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाव परीक्षण र अस्पतालमा सेनिटाइजर गरेपछि साेमबारदेखि उपचार सेवा सुरु भएको हो ।

प्रतिष्ठानको आकश्मिक सेवा, मेडिसिन ओपीडी, इएनटी ओपीडी, छाला तथा योनरोग, रेडियोलोजी, डेन्टल, फिजियोथेरापी, बालरोग र माइनर ओटी सेवा सुरु भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए ।

प्रतिष्ठानका ६३ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा रहेका छन् । प्रतिष्ठानमा कार्यरत २ सय २४ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएकोमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।