पाेखरा, ८ असार । गण्डकी प्रदेशमा सोमबार बिहान २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८ जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।
शर्माकाअनुसार उनीहरू सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।











प्रतिक्रिया