२८ आश्विन २०८३, बुधबार

बरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाको उम्मेदवारी फिर्ता, अध्यक्षमा क्षेत्रीलाई समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lama

न्युयोर्क । आगामी जुनमा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छिरीङ राप्के लामाले उम्मेदवारी फिर्ता लिएका छन् ।

न्युयोर्कमा रहेका लामाले ह्वाईट हिमाल टेलिभिजनसंग टेलिफोनमा कुरा गर्दै अध्यक्षका उम्मेदवार खग्रेन्द्र क्षेत्रीको उम्मेदवारीलाई पुर्ण रुपमा समर्थन र सहयोग गर्ने उद्धेश्यका साथ उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाले अध्यक्षका उम्मेदवार क्षेत्रीले घोषणा गर्नुभएका एक पटकको नेपाली सधैको नेपाली, दोहोर ट्याक्स, नेपालको पर्यटन प्रवद्धन लगायतका मुद्धाहरुमा आफ्नो पुर्ण समर्थन भएकोले क्षेत्रीको उम्मेदवारीलाई पुर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । लामाले उम्मेदवारी फिर्ता लिए पछि बरिष्ठ उपाध्यक्ष पदमा चार जना मात्र उम्मेदावार रहेका छन् ।