
काठमाडौँ, ७ असार । कोरोना संक्रमित बढ्न थालेपछि बैतडीको पाटन नगरपालिका सिल गरिएको छ ।
सोमबारदेखि एक साताका लागि सिल गर्न लागिएको हो । नगरपालिका क्षेत्र एक हप्ताका लागि पूर्णरुपले बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या निकै बढ्न थालेको र संक्रमितहरु जथाभावी बजारमा हिँड्न थालेपछि अन्यमा संक्रमण फैलन नदिन सिल गरिएको जनाइएको छ ।
अत्यावश्यक सेवाबाहेक असार १५ गतेसम्म सबै सिल गरिएको जनाइएको छ ।
यदि निर्णयको अवज्ञा गरे पहिलो पटक ५ हजार र दोस्रो पटक १० हजारको जरिवाना तिराइ कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।















प्रतिक्रिया