
काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरसको संक्रमण हालसम्म समुदायस्तरमा नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मलेनमार्फत रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले ९५ प्रतिशत संक्रमितहरु विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण पुगिनसकेको बताएका छन् ।
९२ प्रतिशत पुरुष संक्रमित रहेकामा धेरैजसो भारतबाट आएका छन् ।
त्यस्तै, ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहेको जनाइएको छ ।
त्यस्तै, २३ जनाको मृत्यु भएकोमा सबैको कोरोनाकै कारणले मृत्यु नभएको डा. पाण्डेले बताए ।
हाल विभिन्न स्थानमा २० टोलीले कन्ट्याक्ट ट्रेसिंगको काम गरिरहेको मन्त्तालयले जनाएको छ ।















प्रतिक्रिया