
काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आइतबार पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार आइतबार थप १ सय ९४ जना संक्रमित कोरोनामुक्त भएका छन् । १८६ पुरुष र ८ महिलाले कोरोना जितेका हुन् । यससँगै निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ६ जनाको पीसीआर परीक्षण भएको थियो ।















प्रतिक्रिया