
काठमाडौँ, ७ असार । सुदूरपश्चिममा थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा गत २४ घण्टामा ९ महिला र ३४ जना पुरुषमा संक्रमण देखिएको हो ।
थपिएका संक्रमतहरु कैलालीका २९ जना, कञ्चनपुरका ३ जना, बाजुरा, बैतडी र डडेल्धुराका २ २ जना र डोटीका ५ जना रहेका सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।















प्रतिक्रिया