४ कार्तिक २०८३, बुधबार

नेपालमै स्वदेशी लगानीबाट सेरामिक टायल्स उत्पादन हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । नेपालमै स्वदेशी लगानी र कच्चा पदार्थको प्रयोग गरी पहिलोपटक सेरामिक टायल्सको उत्पादन हुने भएको छ ।

बाराको जितपुर ७ मा स्थापना भएको नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी फ्लोर र वाल टायल्स उत्पादन गर्ने तयारी गरेको छ ।

यो उद्योगले हालै सरकारबाट मान्यता पाएको छ । कम्पनीले शतप्रतिशत स्वदेशी लगानी र स्वदेशी कच्चा पदार्थको प्रयोग गरी नेपालमै सेरामिक टायल्स उत्पादन गर्ने पहिलो कम्पनी सञ्चालन गर्ने जनाएको छ ।

यो उद्योगमा ६६ करोड २० लाख लगानी गरिएको छ । यसमा करिब ७० प्रतिशत माछापुच्छ्रे र सिटिजन बैंकको लगानी छ । ती दुवै बैंकले यसै साता यो कम्पनीलाई ऋण उपलब्ध गराउने सहमति गरेका छन् ।

नेपालमा वार्षिक ३५ देखि ४० अर्बको भारत, चीन र इटलीबाट टायल्स आयात हुन्छ ।