सुर्खेत, ७ असार । कर्णाली प्रदेशमा आइतबार ११ जना कोरोना संक्रमित फेला परेका छन् ।
प्रदेश अस्पताल, सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशाला परीक्षणमा सल्यानका ६, दैलेखका र सुर्खेतका २–२ जना र रुकुम पश्चिमका १ जना रहेको बताइएको छ ।
कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ । कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।











प्रतिक्रिया