७ मंसिर २०८३, सोमबार

अब पहुँचका भरमा राष्ट्रिय विभूषण नपाइने, संख्या तोकियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । पहुँचका भरमा राष्ट्रिय विभूषण दिन थालेपछि भएको आलोचनालाई सुधार्दै सरकारले त्यसमा मापदण्ड तयार पारेको छ ।

राष्ट्रपतिले संविधान दिवसका दिन राष्ट्रमा योगदान गरेवापत दिने विभूषणको संख्या २ सयमा झारिएको छ । अघिल्लो बर्ष पहुँच र सम्पर्कका आधारमा योगदान नै नगरेपछि ६ सय बढीलाई विभूषण प्रदान गरिएको थियो ।

गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।

गृहको विभूषण शाखाकी उपसचिव बन्दना राईका अनुसार अब मानपदवी एक सय, अलंकार र पदक ५०/५० जनाले पाउनेछन् । साथै पदकको वर्गीकरण पनि हुनेछ ।

समाजका बिभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई वैशाख १ गते नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट मानपदवी, विभूषण र अलंकार वितरण गर्ने चलन छ ।