
काठमाडौं, ७ असार । बेसारको उपयोगीताबारे आफूले दिएको धारणामा मजाक नउडाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको ऋषिमुनी र आर्युवेदले नै प्रमाणित गरेकाले मजाक उडाउनुको तुक नभएको बताएका हुन् ।
मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाएको उल्लेख गर्दै उनले भने,‘सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ ।’











प्रतिक्रिया