२ कार्तिक २०८३, सोमबार

चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ असार । चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने भएको छ । हङकङका लागि ल्याइएको नयाँ सुरक्षा कानून कार्यान्वयका लागि त्यहाँ कार्यालय स्थापनाको तयारी भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि सो सम्बन्धी कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्नका लागि बेइजिङले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने भएको हो ।

समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ सुरक्षा कानूनसँग बाझिने हङकङको स्थानीय कानून खारेज हुने जनाएको छ । चीनले लागु गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा प्रदर्शन हुनुका साथै अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् ।

आलोचकले नयाँ कानूनले हङकङको स्वतन्त्रता खोस्ने बताएका छन् । तर चीनले भने विखण्डनकारी गतिविधि रोक्नका लागि कानून आवश्यक रहेको बताएको छ ।