
काठमाडौँ, ६ असार । गण्डकी प्रदेशमा एकै दिनमा थप १ सय ८ जनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
त्यसैक्रममा मुस्ताङमा पनि कोरोना संक्रमित भेटिएको छ । यससँगै गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा संक्रमण फैलिएको छ ।
मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय वृद्धमा संक्रमण देखिएको हो ।
शनिबार साँझ बागलुङ, नवलपुर र तनहुँका रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ जना पुगेको छ । त्यस्तै, ३९ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया