४ कार्तिक २०८३, बुधबार

नेपालमा भदौसम्ममा ३९ हजार कोरोना संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । नेपालमा कोरोनाभाइरस संक्रमण यसै गरी तीव्रतर गतिले फैलँदै गए आगामाी भदौको सुरुवातसम्मा ३९ हजार संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आंकलन गरेको छ ।

मन्त्रालयले साउनको अन्तिम सातादेखि भदौको पहिलो सातासम्ममा उच्च विन्दुमा कोरोना संक्रमण फैलन सक्ने विश्लेषण गरेको हो ।

त्यस समयमा ३९ हजार बढी संक्रमित हुन सक्ने अनुमान गर्दै त्यसै अनुरुप स्वास्थ्य सामाग्रीलगायतको व्यवस्थापन गर्न लागिरहेको मन्त्रालयले जनाएको छ ।

शनिबार सचिव र विभागीय प्रमुखहरुसहित सञ्चारकर्मीहरुसँग छलफल गरेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विज्ञहरुको अनुसार भयावह स्थिति आउँदा ३९ हजारसम्म संक्रमित पुग्ने बताएका हुन् ।

संक्रमितको संख्या १५ हजारमा सिमित राख्ने लक्ष्य अनुसार काम गरिरहेको भएपनि यो संख्या बढ्ने अनुमान मन्त्रालयले लगाएको हो । त्यस्तै, संक्रमण पहिचानका लागि दैनिक १० हजार पीसीआर परीक्षण गर्ने मन्त्रालयले लक्ष्य बनाएको छ ।