४ कार्तिक २०८३, बुधबार

पहिरोले जिप पुरिँदा २ को मृत्यु ४ घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । गुल्मीमा पहिरोले जिप पुरिँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिबार अपरान्ह धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा घटना भएको थियो । ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते एक जनालाई उपचारका लागि सन्धिखर्क लगिएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।

जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर लागि छुटेको थियो ।