
काठमाडौँ, ६ असार । सुदूरपश्चिममा शनिबार ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितहरु डोटीका ६१ जना, बैतडीका १८ जना, डडेल्धुराका १२ जना र कैलालीका ३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ जना पुगेको छ ।















प्रतिक्रिया