
काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना संक्रमितले कोरोना जितेका छन् ।
शनिबार नियमित पत्रकार सम्मलेनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा १ सय ५८ पुरुष र १८ जना महिला निको भएर डिस्चार्ज भएका जनाएका छन् ।
यससँगै निको हुनेको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ ।
त्यस्तै, शनिबार थप ३ सय ३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया