३ कार्तिक २०८३, मंगलबार

लायन्स क्लबमा केन्द्रीय पदाधिकारीहरुको संयुक्त मनोनयन दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  IMG_0462– निर्मल अर्याल
काठमाडौ, २९ फागुन । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वान अन्तर्गत वर्ष २०१५–१६ का लागि केन्द्रीय पदाधिकारीहरुको संयुक्त मनोनयन दर्ता कार्यक्रम शुक्रवार राजधानीमा सम्पन्न भएको छ ।

डिस्ट्रिक्ट गभर्नरमा सुनिल भक्त श्रेष्ठ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा कुमारराज सुवेदी र सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा लीला ढुंगेलको उम्मेदवारी परेको छ ।

श्रेष्ठको उम्मेदवारी पत्र हरिकृष्ण डंगोलले वाचन गर्नु भएको थियो भने सुवेदी र ढुंगेलको उम्मेदवारी पत्र क्रमशः सरला सुवाल र विजयहरी शर्माले वाचन गर्नु भएको थियो ।

10547650_10206287122041205_4154247171195118776_nश्रेष्ठले लायन्स क्लब अफ लालीगुराँस, सुवेदीले लायन्स क्लब अफ जोरपाटी तथा ढुंगेलले लायन्स क्लब अफ विराटनगर सेन्ट्रललाई प्रतिनिधित्व गर्नुहुन्छ ।

श्रेष्ठ लायन्स क्लबमा सन् २००४ बाट आबद्ध हुनुन्छ । त्यस्तै सुवेदी र ढुंगेल सन् १९९५ बाटै लायन्स क्लबमा क्रियाशील हुनुहुन्छ ।

श्रेष्ठ वर्ष २०१४-१५ मा फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर, सुवेदी सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर र ढुंगेल डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

11026167_10206287120801174_7217227069012524120_nमनोनयन दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठ, सुवेदी र ढुंगेल तीनै जनाले नेपालमा लायनवादको गरीमालाई अझ उचो बनाउन आफुहरु क्रियाशील रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

अब आगामी वैशाखको पहिलो साता विराटनगरमा हुने महाधिवेशनबाट उम्मेदवारी अनुमोदन भएपछि औपचारिक रुपमा उहाँहरुको कार्यकाल शुरु हुनेछ ।