४ कार्तिक २०८३, बुधबार

कोरोना संक्रमित महिलाले जन्माइन् छोरी, दुवैको अवस्था सामान्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । कोरोना संक्रमित महिलाले शल्यक्रियाद्धारा बच्चा जन्माएकी छन् ।

नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल, कोहलपुरमा कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया महिलाले शनिबार विहान २ किलो ४ सय ग्राम तौल भएकी छोरीलाई जन्म दिएकी हुन् ।

हाल आमा र छोरी दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ति महिला भारतको मुम्बइबाट एक महिना अघि आएकी थिइन् । २२ दिनदेखि बुटवलको क्वारेन्टिनमा बस्तै आएकी उनमा ८ दिन अघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

संक्रमित भएकैले उनलाई भैरहवा अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो । उनको पहिलो बच्चा पनि शल्यक्रियाबाटै जन्मेकोले अहिले पनि शल्यक्रियाबाट छोरी जन्माएकी हुन् ।