
काठमाडौँ, ६ असार । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
छत्रकोट गाउँपालिका ५, मैनडाँडाका ६१ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको थियो ।
उनको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा राखिएका उनी प्यारालाइसेसका बिरामी थिए । उनको शवलाई शुक्रबार नेपाली सेनाको टोलीले व्यस्वस्थापन गरेको थियो ।















प्रतिक्रिया