
काठमाडौँ, ६ असार । ब्राजिलमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ५४ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसका कारण ब्राजिलमा १० लाखभन्दा धेरैजना संक्रमित भएका छन् । १० लाखको आँकडा पार गर्ने अमेरिकापछि ब्राजिल दोस्रो देश हो ।
त्यसैगरी, पछिल्ला ४ दिनदेखि दैनिक १२ सयभन्दा धेरैको ज्यान गइरहेको छ र अहिलेसम्म यहाँ झन्डै ४९ हजारे ज्यान गुमाइसकेका छन् ।
यद्यपि त्यहाँ बाहिर आएको तथ्यांकभन्दा धेरै संक्रमितहरु हुन सक्ने अनुमान गरिएको छ ।
विश्व स्वास्थ संगठलने कोरोना भाइरस महामारी नयाँ तथा खतरनाक चरणमा प्रवेश गर्दै गरेको चेतावनी दिएको केही घण्टापछि यो संख्या सार्वजनिक भएको हो ।
केवल, अमेरिकाले मात्रै ब्राजिलभन्दा धेरै संक्रमण देखेको छ । ब्राजिली राष्ट्रपति जैर बोल्सेनारो कोरोना भाइरस संकटमा देखाएको आफ्नो प्रतिक्रियालाई लिएर निकै आलोचित छन् ।















प्रतिक्रिया