
काठमाडौँ, ६ असार । पर्वतको कुश्मा बजार खुलेको एक साता नबित्दै बन्द भएको छ ।
करिब ३ महिनाको लकाडाउनले ठप्प बजार एक साताअघि खोलिएको थियो ।
शुक्रबार पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बजार अनिश्चित कालका लागि बन्द गरिएको हो ।
पर्वत उद्योग वाणिज्य संघले अर्को सूचना जारी नभएसम्मका लागि बजारमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरेको छ ।
संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु संक्रमण हुनु अगाडीसम्म पनि काममै खटिइरहेकोले बजारमा थप कडाइ गरिएको छ । संक्रमण नियन्त्रणका लागि केही स्थान सिल नै गरिएको छ ।
समुदायमा संक्रमण फैलिएको आशंकामा संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको पर्वत अस्पतालले जनाएको छ । त्यस बाहेक अरु ५० जनाको तत्कालै परीक्षण गर्नुपर्ने रहेको जनाइएको छ ।















प्रतिक्रिया