काठमाडौं, ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले केही दल र नेताहरू नागरिकतासम्बन्धी कानून कमजोर पार्ने खेलमा लागेको भन्दै चिन्ता जनाएका छन् ।
नेकपाका नेता रावलले शनिबार ट्वीट गर्दै विदेशी नागरिकलाई सहज रुपमा नागरिकता दिएर देशलाई कमजोर बनाउन खोजिएको बताए । उनले राष्ट्रियतामाथि खेलवाड गर्न नहुने बताएका छन् ।
‘निहीत सत्ता स्वार्थको कारण केही दल, नेता र मानिसहरू बारम्बार नागरिकतासम्बन्धी कानून कमजोर पारेर नेपालमा विदेशीले सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएका छन्’, रावलले भनेका छन् ।
‘यसो गर्नु देशलाई कमजोर बनाउनु हो’, उनले भने, ‘नागरिकता कानून सबै देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउँछन् ।’
विदेशी महिला नेपालमा विवाह गरेर आएपछि सात वर्षपछि मात्रै नागरिकता दिने व्यवस्थाको माग उठ्दै आएको छ ।
भारतसहितका विदेशी महिलाहरू विवाह गरेर आउनेवित्तिकै तत्काल नै नागरिकता पाउने व्यवस्था रहेपछि विरोध हुँदै आएको छ ।











प्रतिक्रिया