
काठमाडौँ, ५ असार । विवाह गरेर आएकी विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतबीच सहमति भएको छ ।
विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएलगत्तै अंगीकृत नागरिकता पाउने वर्तमान कानुनी व्यवस्था परिवर्तन गर्न उनीहरु सहमत भएका हुन् ।
२ वर्षदेखि प्रतिनिधिसभामा थाती रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका पार्टीका सांसदहरुले यस्तो संकेत गरेका हुन् ।
शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालमा नागरिकता दिने प्रवाधान परिमार्जन गर्ने बेला आएको बताएका थिए ।
समिति सचिवालयले ल्याएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानमा ओली र दाहाल सहमत भएका हुन् ।
नगरिकता विधेयक २०७५ साउनदेखि संसदमा अड्किरहेको छ ।















प्रतिक्रिया