
काठमाडौँ, ५ असार । दक्षिण कोरियाबाट समस्यामा परेका २ सय ३६ जना नेपालीलाई शनिबार स्वदेश फर्काइने भएको छ ।
ईपीएस अन्तर्गत त्यहाँ पुगेका उनीहरुको भिसा सकिएकोले समस्यामा परेका थिए । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाउने कोरियन एयरको जहाजमा उनीहरू फर्कन लागेका हुन् । लकडाउनले अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनीहरु समस्यामा परेका थिए ।
उक्त जहाज यात्रुबिनै नेपाल फर्कन लागेपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका हुन् । ईपीएसमार्फत कोरिया आएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।
महंगै भएपनि नेपाल आउन पाएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् ।
कोरियाबाट नेपाल उड्दा कोरियन एयरको टिकट ३० देखि ५० हजार रुपैयाँसम्म पर्थ्यो । तर चार्टर गरिएको विमानमा भने नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेका छन् ।
भिसा सकिएर समस्यामा परेका नेपालीको नामावली दूतावासले सरकारलाई बुझाएको थियो । त्यही सूचीअनुसार २ सय ३६ जना फर्काइन लागेको हो ।















प्रतिक्रिया