काठमाडौं । एकीकृत नेकपा माओवादीको पोलिटब्युरो सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार भएको निर्वाचनले ५० जना पोलिटब्युरो सदस्य चयन गरेको हो । निर्वाचनमा केन्द्रीय समितिका सबै १ सय ५१ जना नै उम्मेदवार र मतदाता थिए । नेता बाबुराम भट्टराई पक्षले बहिष्कार गरे पनि उनीहरुलाई पनि उम्मेदवार बनाइएको थियो । निर्वाचनमा १ सय १६ मत खसेको थियो । जसमा १७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । साथै, ८ जना अनुपस्थित थिए ।
निर्वाचनमा प्रचण्ड पक्षका पोष्टबहादुर बोगटीले सबैभन्दा बढी १ सय मत पाएका छन् । त्यसपछि नेता नारायणकाजी श्रेष्ठले ९९ मत पाए । चुनावमा सहभागी नभए पनि बाबुराम भट्टराईले २१ औं नम्बरमा ९२ मत ल्याए । उनले भन्दा एमालेबाट एमाओवादी प्रवेश गरेका रामचन्द्र झा र उर्मिला अर्यालले बढी मत पाएका छन् ।
सबैभन्दा कम मत बामदेव क्षेत्रीले ४३ पाए । भट्टराई सहित उनी पक्षका टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, प्रभु साह, बामदेव क्षेत्री र गंगानारायण श्रेष्ठले जितेका छन् । भट्टराई पक्षकै नवराज सुवेदीले भने चुनाव हारे । पोलिट्ब्युरोका ५० मध्ये २२ जना नयाँ अनुहार आएका छन् ।
नव निर्वाचित पोलिटव्युरो सदस्यको नामावली र मत यस्तो छ :
पोष्टबहादुर बोगटी ( १००)
नारायणकाजी श्रेष्ठ (९९)
देवेन्द्र पौडेल (९९)
वर्षमान पुन (९८)
नन्दबहादुर पुन (९८)
कृष्णबहादुर महरा (९७)
लोकेन्द्र विष्टमगर (९७)
गोपाल किराती (९७)
उर्मिला अर्याल (९७)
गिरिराजमणि पोखरेल (९६)
अग्निप्रसाद सापकोटा (९६)
हितराज पाण्डे (९६)
लीलामणि पोखरेल (९५)
हरिबोल गजुरेल (९५)
जनादर्शन शर्मा (९५)
चक्रपाणि खनाल (९५)
विश्वभक्त दुलाल (९५)
सुरेन्द्र कार्की (९४)
रामचन्द्र झा (९४)
हेमन्तप्रकाश ओली (९३)
बाबुराम भट्टराई (९२)
टोपबहादुर रायमाझी (९२)
दीनानाथ शर्मा (९२)
शक्तिबहादुर बस्नेत (८९)
नारायणप्रसाद दाहाल (८८)
गणेशमान पुन (८८)
विश्वनाथ साह (८७)
डीलाराम आचार्य (८६)
ओनसरी घर्तीमगर (८६)
लेखराज भट्ट (८५)
हिसिला यमी (८४)
हितबहादुर तामाङ (८१)
शशी श्रेष्ठ (८१)
सुरेशकुमार राई (७८)
झक्कुप्रसाद सुवेदी (७६)
टंक आङबुहाङ (७६)
कालीबहादुर मल्ल (७५)
महेन्द्र पासवान (७५)
सन्तु दराई (७१)
हरिराज अधिकारी (६९)
प्रल्हाद बुढाथोकी (६६)
जगप्रसाद शर्मा (६३)
पूर्णकुमारी सुवेदी (६३)
डीआर पौडेल (६२)
रेखा शर्मा (६०)
ध्रुव पराजुली (५८)
गंगानारायण श्रेष्ठ (५६)
प्रभु साह (४८)
कमला रोका (४६)
बामदेव क्षेत्री (४३)
नयाँ पोलिट्ब्युरो सदस्य
नारायण दहाल, ध्रुव पराजुली, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, ओनसरी घर्तीमगर, हरिराज अधिकारी, गंगानारायण श्रेष्ठ, प्रभु साह, शशी श्रेष्ठ, टंक आङबुहाङ, सुरेशकुमार राई, प्रल्हाद बुढाथोकी, डिआर पौडेल, महेन्द्र पासवान र कुमार पौडेल ।
अब पोलिटव्युरोले नै स्थायी समिति छान्नेछ । त्यसपछि स्थायी समितिले अध्यक्ष बाहेक ८ सदस्यीय पदाधिकारी चयन गर्ने बताइएको छ । ८ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्षका लागि सोमबार निर्वाचन हुने बताइएको छ ।
















प्रतिक्रिया