४ कार्तिक २०८३, बुधबार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच २ घण्टा लामो भिडियो कन्फ्रेन्स

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच शुक्रबार २ घण्टासम्म भिडिओ कन्फ्रेन्स भएको छ ।

कन्फ्रेन्समा नेकपा नेताहरू पार्टी कार्यालय धुम्बाराहीबाट सहभागी भएका थिए ।

कन्फ्रेन्समा चीन सम्बन्ध, दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

कन्फ्रेन्सको सुरू कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाएर गरिएको थियो ।

चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमख सुन ताओ र तिब्बत कमिटीका सचिव यु याङजे सहभागी भएका थिए ।

चिनियाँ सहभागीहरुले नेपालले एक चीन नीतिप्रति साथ रहेकोमा प्रशंसा गरेको बताइएको छ ।

छलफलमा हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश मिलेर काम गर्नु पर्ने धारणा आएको थियो । त्यस्तै, दुवै देशले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ पनि सार्वजनिक गर्ने बताइएको छ ।

भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र चीनसँगको सम्बन्ध र कम्युनिष्ट पार्टीबीच सम्बन्धबारे चर्चा गरेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाभाइरसविरूद्ध नेपालले गरिरहेका कामबारे चर्चा गरेका थिए ।

समयमै लकडाउन गरिएकाले संक्रमणलाई कम गर्न सकिएको उनको भनाइ थियो ।