
काठमाडौँ, ५ असार । काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
थपिएका संक्रमितहरु २ जना महिला र एक जना पुरुष रहेका छन् ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल संक्रमित संख्या ८ हजार २७४ पुगेको छ । त्यस्तै, निको हुनेको संख्या १ हजार ४ सय २ जना पुगेको छ भने २२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया