४ कार्तिक २०८३, बुधबार

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । नेपालमा शुक्रबार थप ४ सय २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ८ हजार २७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, गौतमका अनुसार हालसम्म देशभर कोरोना जित्नेको संख्या १ हजार ४ सय २ जना पुगेको छ ।

त्यसैगरी, ७७ मध्ये ७४ जिल्लामा कोरोना फैलिएको प्रवक्ता गौतमले जनाएका छन् ।