
मकवानपुर, ५ असार । ज्यान सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका ४ बस्ने ५८ वर्षीय प्रकाश थापा र २३ वर्षीया सिता थापा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका ४ बस्ने २२ वर्षीया सुस्मिता थापा मंगलबार बिहान आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा मृतकको ससुरा नाता पर्ने प्रकाश थापा र मृतकको नन्द नाता पर्ने सितालाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ दुवै जना उपर ज्यान सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















प्रतिक्रिया