
काठमडौँ, ५ असार । डडेल्धुराको गन्यापधुरा गाउँपालिका पुरै सिल गरिएको छ ।
एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि गाउँपालिका नै सिल गरिएको हो । असार ४ देखि १२ सम्म गाउँपालिका सिल गरिएको जनाइएको छ ।
कोरोना संक्रमितहरु बाहिर हिँड्न थालेपछि संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर गाउँपालिका सिल गरिएको हो ।
गन्यापधुरामा बिहीबार मात्रै ५८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका थिए ।
गाउँपालिकामा अत्यावश्यक बोहकका सबै कार्यालय र हिँडडुल बन्द हुनेछ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाका लागि खटिरहेका छन् ।















प्रतिक्रिया