४ कार्तिक २०८३, बुधबार

काभ्रेको मण्डनदेउपुरका कच्ची सडकमा टिपर, ट्रक र ट्रयाक्टर निषेध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ५ असार । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कच्ची सडकहरुमा टिपर, ट्रक, ट्रयाक्टर सञ्चालनमा रोक लगाएको छ ।

नगरपालिकाले असार मसान्तसम्म ति सवारीहरु सञ्चालनमा रोक लगाएको हो ।

जेठ ३२ गतेको नगर कार्यपालिकाको बैठकले जिरोकिलो सिपाघाट सडक बाहेक अन्य सम्पूर्ण कच्ची सडकमा टिपर, ट्रयाक्टर नचलाउन सूचना जारी जारी गरेको छ ।

यद्यपि नगरपालिकामा सञ्चालन भइरहेका विकास निर्माणका लागि भने उपभोक्ता समिति र वडाको सिफारिसका आधारमा सञ्चालन गर्न नगरपालिकाले पास दिनेछ ।

यदि बिना पास तोकिएका सवारी चलाएमा नगरपालिकाले जरिवाना लिनेछ । विना पास चलाएको ट्रकको प्रति पटक २५ हजार तथा ट्रयाक्टरको प्रति पटक १५ हजारका दरले जरिवाना लिने नगरपालिकाले जनाएको छ ।