
काठमाडौं, ५ असार । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
२५ जेठमा भारतबाट आई होम क्वारेन्टाइनमा बस्दै आएका उनी प्यारालाइसीसका बिरामी रहेका थिए । भारतमा उपचार गरी उनी फर्किएको बताइएको छ ।
बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको थियो । मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको छ ।











प्रतिक्रिया