७ मंसिर २०८३, सोमबार

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा ६ दिनपछि पुष्टि भयो कोरोना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३० जेठमा आत्महत्या गर्ने ४५ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रहेको पुष्टि भएको छ ।

अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते  भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

दमका बिरामी उनले क्वारेन्टाइन बनाइएको विद्यालय नजिकैको रुखमा पासो लागी आत्महत्या गरेका थिए ।

आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको थियने । बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए ।