७ मंसिर २०८३, सोमबार

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा नै कोरोना पुष्टि, इमरजेन्सीबाहेकका सेवा बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । अस्पतालले विज्ञप्ति जारी गरी आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन् ।  अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् ।