२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग भ्यालेन्सिया पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असार । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडको दाबी बलियो नै कायम छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेर बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा एसेन्सिओले एक गोल गरे । बेन्जिमाले ६१ र ८६ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एसेन्सिओले ७४ औँ मिनेटमा गोल गरे ।

८९ औँ मिनेटमा ली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो।

बेन्जिमाले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरेर २४३ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा आएका छन् ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६२ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट दुई अंक बढी रहेको छ ।

ला लिगा अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।