४ कार्तिक २०८३, बुधबार

संविधान संशोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् ।

नेपालको संविधानको धरा २७४ को उपधारा १० अनुसार राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते दुई तिहाइ भन्दा बढी मतले पारित भएको थियो भने राष्ट्रियसभाबाट बिहीबार दुई तिहाइबाट पारित भएको हो ।

सरकारले अतिक्रमित भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा निशान छापमा प्रयोग गर्न संविधान संशोधन गरेको हो ।