
काठमाडौँ, ४ असार । बाजुरामा थप ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार थप १५ जना महिला र २६ जना पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुको सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, संक्रमितमध्ये ६ जना स्वास्थ्यकर्मी पनि रहेका छन् । उनीहरु ४ जना बडिमालिका नगरपालिकाका, एक जना स्वास्थ्य कार्यालय बाजुराका र एक जना बाजुरा अस्पतालका रहेका छन् । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।
४० जना संक्रमितहरु वडिमालिका नगरपालिकाका हुन् भने एक जना बुढीगंगा नगरपालिकाका हुन् ।















प्रतिक्रिया