४ कार्तिक २०८३, बुधबार

कुन कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असार । नेपालमा गत २४ घण्टामा थप ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितहरु विभिन्न ४० जिल्लाका रहेका छन् । बिहीबार एकै दिनमा अर्घाखाँचीमा ९७ जनामा कोरोना देखिएको छ । त्यस्तै दैलेखमा ८७, डडेल्धुरामा ८४, अछाममा ४४, कैलालीमा ४२, बाजुरामा ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, झापाका २, मोरङका १, बैतडीका २५, भक्तपुरका ३, कपिलवस्तुका १७, काठमाडौंका २, नुवाकोट २, रौतहट ३४, रुपन्देही १२, सर्लाहीका २, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासी २, महोत्तरीका १, सिन्धुली १, पर्वतका ९, चितवन १, नवलपरासी पूर्व ३१, धनुषाका २९ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बाग्लुङमा १, मनाङमा १, सल्यानमा ९, तनहुँमा १५, गोरखामा ११, गुल्मीमा ३, पाल्पामा ६, रोल्पामा १, बाँकेमा ३, बर्दियामा ३, दाङमा ४, सुर्खेतमा ३४, बझाङमा २, कञ्चनपुरमा २ र डोटीमा ५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार अहिले सम्मकै उच्च संख्यामा संक्रमित देखिएका हुन् ।