
काठमाडौँ, ४ असार । राष्ट्रियसभाबाट पनि विनियोज विधेयक २०७७ पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा राखेका थिए ।
विधेयकको पक्षमा बहुमत सदस्यले हात उठाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।















प्रतिक्रिया