
काठमाडौँ, ४ असार । कर्णाली प्रदेशमा बिहीबार थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा थप १ सय २० जनामा संक्रमण पुष्टि भएको हो सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरु दैलखका ८६ र सुर्खेतका ३४ जना रहेका छन् ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।
कर्णाली प्रदेशमा अहिलेसम्म ५०५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
यस प्रदेशमा चारजनाको मृत्यु भएको महाशाखाले जनाएको छ।















प्रतिक्रिया