४ कार्तिक २०८३, बुधबार

पर्वतमा थपिए ९ जना कोरोना संक्रमित, ८ जना निको भए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असार । पर्वतका ८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

उनीहरुको जेठ २० गते कोरोना पोजेटिभको रिपोर्ट आएको थियो । पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

त्यस्तै, बिहीबार पर्वतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् ।