
काठमाडौँ, ४ असार । ओमानबाट अप्ठ्यारोमा परेका १ सय ४७ जना नेपाली नागरिक स्वदेश फर्किँदै छन् ।
कोरोनाभाइरस संक्रमणका कारण लकडाउन भएपछि समस्यामा परेका नेपालीलाई मस्कटस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी काठमाडौँ ल्याउन लागिएको हो ।
उनीहरु सलाम एअर चार्टर्ड फ्लाईटमा ल्याइदैछ । उनीहरु आजै दिउँसो काठमाडौँ ओर्लने तालिका रहेको छ । आज नेपाल आउनेमा १ सय १० जना पुरुष र ३७ जना महिला रहेका छन् ।
उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएकाहरुलाई ल्याउन लागिएको हो ।















प्रतिक्रिया