७ मंसिर २०८३, सोमबार

पेचिलो बनिरहेको एमसीसीबारे धारणा बनाउन नेकपाले बोलायो स्थायी समिति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । सरकारले प्रतिनिधि सभामा लगेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषय झन् पेचिलो बनिरहेका बेला धारणा बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक बोलाएको छ ।

१० असारका लागि बोलाइएको बैठकले साझा धारणा बनाएपछि सदनमा पेस भएको एमसीसी प्रस्तावलाई टेबुल गर्ने या नगर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।

यसअघि नेकपाले पटक–पटक सचिवालय बैठकमार्फत यसबारेको निर्णय गर्न लागेको थियो । बैठकले उक्त प्रस्तावलाई सरकारले सदनमा टेबुल गराउन सक्ने, सदनले पास फेल गर्न सक्ने प्राधिकारसम्बन्धी निर्णय गरेको थियो ।

तैपनि सो विषयमा नेकपाभित्र अझ विवाद कायम रहेपछि स्थायी समितिको बैठकले धारणा बनाउनुपर्ने आवाज उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सो प्रस्तावलाई प्रक्रियामा लैजाने पक्षमा छन् । तर नेकपाले अध्ययनका लागि बनाएको झलनाथ खनाल संयोजकत्वको कार्यदलले सम्झौता संशोधनबिन सदनमा टेबुल गराउन नहुने सुझाव दिएको थियो ।